images
images

रोयल्टी र ग्रामीण दूरसंचार विकास कोषको रकम भुक्तानी  गर्न ४७ कम्पनीलाई प्राधिकरणको निर्देशन


  • 273
    SHARES
  • २०८० श्रावण २५ गते बिहीबार

    रोयल्टी र ग्रामीण दूरसंचार विकास कोषको रकम भुक्तानी  गर्न ४७ कम्पनीलाई प्राधिकरणको निर्देशन

    काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले साउनभित्र रोयल्टी वापतको रकम र ग्रामीण दूरसंचार विकास कोष वापतको रकम भुक्तानी गर्न निर्देशन दिएको छ । बिहीबार प्राधिकरणले सूचना जारी गर्दै ४७ वटा कम्पनीलाई यस्तो निर्देशन दिएको हो । 

    उक्त ४७ कम्पनीले आर्जन गरेको कूल आम्दानीको रोयल्टी र कोष वापतको रकम र वित्तीय विवरण सहित २०७९ पुससम्म दाखिला गर्न पटक पटक ताकेता गर्दा समेत रकम जम्मा नगरेको सूचनामा उल्लेख छ । 

    यसरी सो कम्पनीहरुले समयभित्र रकम दाखिला नगरेमा नियमानुसार हदैसम्मको कारवाही अगाडी बढाइने प्राधिकरणले जनाएको छ ।

    nta.png

     


    images
    images

    Logo