images
images

दमकल नपुग्ने काठमाडौंका साँघुरा गल्लीमा महानगरले फायर हाइड्रेन्ट जडान गर्ने


  • 277
    SHARES
  • २०८० श्रावण २४ गते बुधबार

    दमकल नपुग्ने काठमाडौंका साँघुरा गल्लीमा महानगरले फायर हाइड्रेन्ट जडान गर्ने

    काठमाडौं । दमकल नपुग्ने काठमाडौंका साँघुरा गल्लीमा महानगरले फायर हाइड्रेन्ट जडान र पाइपलाइन विस्तार गर्ने भएको छ । आफ्नो आधिकारीक वेबसाइटमा सूचना प्रकाशित गर्दै महानगरले सो बारेमा जानकारी दिएको हो । 

    दमकल पुग्न नसक्ने साँघुरा गल्लीहरुमा आगलागी भएमा नियन्त्रण गर्नका लागि आवस्यकता अनुसार फायर हाइड्रेन्ट जडान गर्ने र पाइपलाइन विस्तार गर्ने सूचनामा उल्लेख गरिएको छ । पहिले नै जडान र विस्तार भइसकेको ठाउँमा यदि मर्मतको आवस्यकता भए स्थानसमेत पहिचान गरि सूचना प्रकाशित भएको १५ दिनसम्म विवरण उपलब्ध गराउन समेत अनुरोध गरेको छ । 


    images
    images

    Logo