images
images

प्रतिप्रक्षीको कुरा सुनिएन भन्दै एमालेले गर्यो राष्ट्रियसभा वैठक अवरुद्ध


  • 311
    SHARES
  • २०८० श्रावण २४ गते बुधबार

    प्रतिप्रक्षीको कुरा सुनिएन भन्दै एमालेले गर्यो राष्ट्रियसभा वैठक अवरुद्ध

    काठमाडौं । प्रतिप्रक्षीको कुरा सुनिएन भन्दै एमाले राष्ट्रियसभा वैठक अवरुद्ध गरेको छ । सुनकाण्डको अनुसन्धानका लागि उच्चस्तरीय समिति बनाउने आफ्नो मागको सम्बोधन नभएको भन्दै वैठक अवरुद्ध गरेको हो । 

    राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सीनाले दैनिक कार्यसूचीमा प्रवेश गरेको घोषणा गरेसँगै एमालेका सदस्यहरुले उठेर विरोध गरेका थिए । एमालेकी बिमला कुमारी घिमिरेले आफूहरु र जनताहरुलाई पनि सीआईबी मात्रको अनुसन्धानमाथि विश्वास नरहेको बताएकी थिइन् । उनले गृह मन्त्री र अर्थमन्त्रीसमेत उक्त काण्डमा संलग्न रहेको हुनसक्ने आशंका व्यक्त गरेकी थिइन् । 

    त्यत्तिकैमा सत्तापक्षका सांसद उठेर बिमला कुमारी घिमिरेले बोल्नु दैनिक कार्यसूचीभन्दा बाहिरको रहेको र वैठक कार्यसूचीमा केन्द्रीत रहनुपर्ने बताएका थिए । तिमल्सीनाले सत्तापक्ष र प्रतिपक्षकाले पालैपालो बोले मात्र आफ्ना कुरा सबैले सुन्ने बताएपछि सत्तापक्षका सांसद बसेका थिए । 

    घिमिरेले आफ्ना कुरा राखेसँगै एमालेका सदस्यहरु उठेर अवरुद्ध गरिरहेका थिए । अध्यक्ष तिमल्सीनाले सबैजना बसेर सञ्चालनका लागि सहज बनाइदिन पटकपटक अनुरोध गर्दापनि उठेर विरोध गरिरहेपछि २६ गते शुक्रबारसम्मका लागि वैठक स्थगित गरिएको छ । 


    images
    images

    Logo