images
images

सिम्रौनगढका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित १० जना विरुद्ध भ्रष्टाचारको मुद्दा


  • 294
    SHARES
  • २०८० श्रावण २४ गते बुधबार

    सिम्रौनगढका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित १० जना विरुद्ध भ्रष्टाचारको मुद्दा

    काठमाडौं । बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित १० जना विरुद्ध ३७ लाख ९३ हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोप लागेको छ । गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध भ्रष्टाचारको मुद्दा लगाएको हो । 

    भ्रष्टाचारको मुद्दा लाग्नेमा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह कानु, लेखा अधिकृत सर्मेन्द्र प्रसाद चौधरी, इन्जिनियर सुरेश कुमार यादव, सव–इन्जिनियर उपेन्द्र कुशवाहा रहेका छन् । 


    त्यस्तै, सामुदायिक भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष सिकेन्द्र प्रसाद यादव, सचिव विजय कुमार यादव र कोषाध्यक्ष कविता देवी तथा बर्थिङ्ग सेन्टर निर्माण उपभोक्ता समितिका अध्यक्ष रामलोचन साह कानु, सचिव छठु गिरी र कोषाध्यक्ष अनिता देवी विरुद्ध पनि भ्रष्टाचारको मुद्दा लागेको छ । सम्झौता गरिएको भन्दा अन्य स्थानमा सामुदायिक भवन निर्माण गरेको र नगरपालिकासँग गरिएको शर्तअनुसार काम नगरिएका कारण उनीहरु विरुद्ध भ्रष्टाचारको मुद्दा लगाइएको हो । 

    र सम्झौता अनुसार काम नगरिँदापनि गरिएको भनी प्रतिवेदन बनाएर रकम निकाशा गरिएका कारण निमित्त प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत, इन्जिनियर र सव–इन्जिनियर विरुद्ध मुद्दा लागेको हो । 

     


    images
    images

    Logo