images
images

१८ शाखा अधिकृतको सरुवा, १६ जना भूमि व्यवस्था मन्त्रालयमा तानिए


  • 412
    SHARES
  • २०८० श्रावण २४ गते बुधबार

    १८ शाखा अधिकृतको सरुवा, १६ जना भूमि व्यवस्था मन्त्रालयमा तानिए

    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १८ जना शाखा अधिकृतको सरुवा गरेको ।  जसमा स्थानीय तहमा निमित्त चलाइरहेका १६ जना भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयमा तानिएका छन् भने भूमि व्यवस्था मन्त्रालय र गृह मन्त्रालयबाट एक एक जना शाखा अधिकृतलाई स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाइएका छन् । 

    भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयमा तानिएका अधिकृतहरुमा शम्भुनाथ नगरपालिकाबाट राजकुमार दास, हनुमाननगर कङकालिनीमा कार्यरत हरिमोहन सुतियार, कल्याणपुर नगरपालिकाबाट विष्णुरञ्जन बराल, सिरहा नगरपालिकामा कार्यरत दिलिपकुमार यादव, बाग्मती नगरपालिका विमल कुमार पोखरेल, कबिलासी नगरपालिकाबाट रामनारायण साह, बलराबाट उमेश महत्तो, मटिहानीबाट चन्द्रशेखर शर्मा, बलहा नगरपालिकाबाट प्रमोद कुमार ठाकुर, सबैलाबाट कृष्ण पौडेल भूमिमा तानिएका हुन ।

    यस्तै सुबोध कुमार ठाकुर हंसपुरबाट,क्षिरेश्वरनाथ नगरपालिकाबाट शिवेन्द्र कुमार मण्डल,माधवनारायण नगरपालिकाबाट देवनाथ यादव,परोहा नगरपालिकाबाट मो महफुज अहमत,गरुडा नगरपालिकाबाट हेमराज फुँयाल र राजदेवी नगरपालिकाबाट प्रलव कायस्थ भूमिमा तानिएका छन् ।

    यस्तै सरुवाको सूची अनुसार,भूमि व्यवस्था मन्त्रालयका शाखा अधिकृत देवीलाल विक प्रमुख प्रशासकीय अधिकृतको रुपमा भूमे गाउँपालिका रुकुम (पूर्व) गृहका अधिकृत ठाकुर प्रसाद अर्याल रम्भा गाउँपालिका पाल्पा पुगेका छन् ।

     

     


    images
    images

    Logo