images
images

एमाले बोल्दा कांग्रेसको अवरोध, एमालेले गर्‍यो रोष्टम घेराउ


  • 269
    SHARES
  • २०८० श्रावण २४ गते बुधबार

    एमाले बोल्दा कांग्रेसको अवरोध, एमालेले गर्‍यो रोष्टम घेराउ

    काठमाडौं । एमालेले बुधवारको संसद पनि अवरुद्ध गरेको छ । सुन काण्डको छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने माग राख्दै एमाले सांसदहरुले संसद अवरुद्ध गरेका हुन् । 

    वैठक सुरु भएलगत्तै एमालेका सांसद सूर्य थापाले उठेर आफूहरुले राख्दै आएको उच्चस्तरीय समिति बनाउनुपर्ने माग सरकारले सम्बोधन नगरेको कारण वैठक बस्न नदिने बताएका थिए । उनी बोलिरहँदा कांग्रेसका सांसदले उठेर विरोध जनाइरहेका थिए । 

    उनले बोल्दाबोल्दै एमाले सांसदहरु रोष्टम घेर्न पुगेपछि वैठक २६ गतेसम्मका लागि स्थगित भएको छ । 


    images
    images

    Logo