images
images

सिराहामा मृत अवस्थामा भेटिए पाथीभारा कापी उद्योगका सञ्चालक


  • 328
    SHARES
  • २०८० श्रावण २४ गते बुधबार

    सिराहामा मृत अवस्थामा भेटिए पाथीभारा कापी उद्योगका सञ्चालक

    काठमाडौं । विराटनगरको पाथीभारा कापी उद्योगका सञ्चालक सिद्धान्त भट्टराई मृत फेला परेका छन् । मिर्चैया नगरपालिका –५ स्थित कटारी चोकमा अवस्थित शम्भु होटेलमा २५ वर्षीय भट्टराई मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

    उनी गाडी चालक सागर राईसँगै मार्केटिङका लागि मिर्चैया आएको बुझिएको छ।  अबेर भएपछि शम्भु होटलमा बास बसेका उनी माथिल्लो तल्लाबाट तल खसेको अवस्थामा बिहान मृत भेटिएको प्रहरीले जनाएको छ । 

    यस विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।


    images
    images

    Logo