images
images

वैदेशिक रोजगार विभागको ‘अनलाइन’सेवा अवरुद्ध


  • 247
    SHARES
  • २०८० श्रावण २४ गते बुधबार

    वैदेशिक रोजगार विभागको ‘अनलाइन’सेवा अवरुद्ध

    काठमाडौं । वैदेशिक रोजगार विभागको ‘अनलाइन’ सेवा अवरुद्ध भएको छ । विभागको ‘एफइआइएमएस’ प्रणालीको फाइल सर्भर माइग्रेट गर्नुपर्ने भएकाले मङ्गलबारदेखि सेवा अवरुद्ध भएको विभागका सूचना अधिकारी तथा निर्देशक कविराज उप्रेतीले जानकारी दिए ।

    उनका अनुसार अवरुद्ध भएको अनलाइन सेवा शुक्रबारसम्म सुचारु हुने छ । सो प्रणालीमा ‘फाइनल अपलोड’ नहुने गरी सेवा अवरुद्ध भएको हो । 

    अहिले अनलाइनबाट श्रम स्वीकृतिका लागि आवेदन दिन नमिल्ने भएको विभागले जनाएको छ ।  यसअघि नै अपलोड भएका कागजात भने हेर्न र परिवर्तन गर्न सकिने भएको उनले बताए ।


    images
    images

    Logo