कठमाडौं । सुनचाँदी बजारमा आज पनि सुनको मूल्य घटेको छ । बुधबार छापावाला सुनको मूल्य १ लाख १२ हजार रुपैयाँ कायम भएको छ ।
मंगलबार प्रतितोला १ लाख १२ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज प्रतितोला ३ सय रुपैयाँले घटेर १ लाख १२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ११ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला २५ रुपैयाँले घटेर १ हजार ३ सय ९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।