images
images

टेलिकमको १० लाख बराबरको २० हजार वटा रिचार्ज कार्ड हरायो, खरिदबिक्री नगर्न आग्रह


  • 335
    SHARES
  • २०८० श्रावण २४ गते बुधबार

    टेलिकमको १० लाख बराबरको २० हजार वटा रिचार्ज कार्ड हरायो, खरिदबिक्री नगर्न आग्रह

    नेपाल टेलिकमको २० हजार वटा रिचार्ज कार्ड हराएको छ । रिचार्ज कार्ड ढुवानीको क्रममा  ५० रुपैयाँ दरका करिब १० लाख रुपैयाँ बराबरको कार्ड हराएको नेपाल टेलिकमले जनाएको हो ।

    रिचार्ज कार्ड हराएको नेपाल टेलिकमको वायरलेस सेवा निर्देशनालय बबरमहलले बुधबार सूचना जारी गर्दै काठमाडौंबाट भैरहवा पठाउने क्रममा रिचार्ज कार्ड हराएको र फेला पारेमा नजिकको दूरसञ्चार कार्यालयमा बुझाइदिन समेत अनुरोध गरेको छ । 

    सि.नं.११२२१२००१३७८०००१ देखि सि.नं.११२२१२००१३८००००० सम्मका २० हजार वटा कार्ड हराएको सूचनामा उल्लेख छ । साथै ती सिरियल नम्बर भएका रिचार्ज कार्ड खरिदबिक्री नगर्न पनि आग्रह गरिएको छ । 

    NTC-notice.jpg


    images
    images

    Logo