images
images

'सुन तस्करी प्रकरणमा सरकारी निकायले गर्ने छानबिनमा अविश्वास गर्न हुँदैन'


  • 220
    SHARES
  • २०८० श्रावण २३ गते मंगलबार

    'सुन तस्करी प्रकरणमा सरकारी निकायले गर्ने छानबिनमा अविश्वास गर्न हुँदैन'
     
    काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले सुन तस्करी प्रकरणको विषयमा सरकारी निकायले गर्ने छानबिनमा अविश्वास गर्न नहुने बताएका छन् ।
     
    प्रतिनिधिसभाको आजको बैठकमा उनले सुन तस्करी प्रकरणमा सरकारी निकायले छानबिन र अनुसन्धान गरिरहेकाले संयमित र धैर्य कायम गर्नसमेत प्रतिपक्षका सांसदलाई आग्रह गरे  । 
     
    उनले कानून र संविधानले बलियो बनाएको संस्थामाथि अविश्वास उत्पन्न हुने कारणसमेत खोज्नुपर्ने बताए । “सुन तस्करी प्रकरणमा सरकारको एउटा हातले कमजोरी ग¥यो एयरपोर्टमा, अर्को हातले फेरि पक्र्यो सिनामङ्गलचोकमा, यो बिर्सन हुन्न” उनले भने, “राजनीतिक प्रकृतिका घटना भए राजनीतिक मानिस राखौँ, सम्मानीत न्यायमूर्ति राखौँ, अनुसन्धान गरौँ र निष्कर्षमा पुगौँ । हामीलाई कोप्रति अविश्वास हो ? हामीले पालैपालो सरकारमा बसेर बनाएको संस्थाहरूप्रति हामी आफैँ अविश्वास गर्दैछौँ ।”
     
    कुनै पनि बहानामा सदन अवरुद्ध नगर्न सांसदहरूले सङ्कल्प गर्नुपर्ने उनको भनाइ छ ।  “आज संसद् खुलेको छ, एकअर्कामा बधाई साटासाट गर्नुपर्ने अवस्था छ”, उनले भने, “सदन खुलेको हो भने कति दिनका लागि खुलेको हो ? यसबारे कसलाई प्रश्न गर्ने ? हरेक समस्याको हल संसद् बन्द गरेर हुँदैन ।” 


    images
    images

    Logo