images
images

रवि लामिछानेको प्रश्न : माधव नेपाललाई विदेश जान किन दिइयो ?


  • 248
    SHARES
  • २०८० श्रावण २३ गते मंगलबार

    रवि लामिछानेको प्रश्न : माधव नेपाललाई विदेश जान किन दिइयो ?

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पूर्व प्रधानमन्त्री माधव कुमार नेपाललाई विदेश जान दिइएकोप्रति आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकको आकस्मिक समयमा बोल्दै उनले त्यस्तो प्रश्न उठाएका हुन् । 

    आइतबार सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा नीति निर्मातामाथि अनुसन्धान थाल्न आदेश दिएको थियो । सो आदेशसँगै जग्गासम्बन्धी निर्णय गर्ने मन्त्रिपरिषद्का तात्कालिन अध्यक्ष तथा पूर्व प्रधानमन्त्रीहरु माधव नेपाल र बाबुराम भट्टराईमाथि अनुसन्धान गर्ने बाटो खुलेको छ । 

    सभापति लामिछानेले बहालवाला सचिवलाई एयरपोर्टबाट घिसार्ने सरकारले पूर्वप्रधानमन्त्रीलाई विदेश जान दिने अवस्था कस्तो विभेद हो भन्दै प्रश्न उठाए । 

    लामिछानेले सरकारी निकायमा भएका आसेपसे भर्तीले अनुसन्धानमाथि विश्वास गर्नसक्ने अवस्था नभएको बताए । सुन प्रकरणमा बाटोमा सुन समाएर मालिकसम्म नपुगेकोमा उनले राख्दै आएको आपत्ति उनले दोहोर्याए ।


    images
    images

    Logo