काठमाडौं । रोल्पाको बागमारादेखि दाङको घोराहीतर्फ जाँदै गरेको बस रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँस्थित रिची गाउँमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा २ पुरुष र २ महिला रहेको घटनास्थलमा रहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा करिब १४ जना गम्भीर घाइते भएको बताइएको छ । घाइतेहरुको उद्धार कार्य जारी रहेकाले मृतकहरुको सनाखत हुन बाँकी रहेको प्रहरीको भनाइ छ ।
रोल्पाको बाघमारादेखि दाङको घोराहीतर्फ जाँदै गरेको ना ५ ख २६१२ नम्बरको को बस रोल्पाको तिला बजार नजिकै रिसि घुम्तीमा मंगलबार दिउँसो करिब १२ः३० बजेको समयमा दुर्घटना भएको थियो । बस सडक बाट करिब १०० मिटर तल खसेको थियो ।