images
images

प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठविरुद्ध १० दिनभित्र उजुरी दिन आह्वान  


  • 305
    SHARES
  • २०८० श्रावण २३ गते मंगलबार

    प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठविरुद्ध १० दिनभित्र उजुरी दिन आह्वान  

    काठमाडौं ।  प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ प्रक्रिया अघि बढेको छ । मंगलबार बसेको संसदीय सुनुवाई समितिको बैठकले श्रेष्ठविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।  

    गत साउन १८ गते बसेको संवैधानिक परिषद् बैठकले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो ।सोही सिफारिसमाथिको सुनुवाइ प्रक्रिया सुरु गर्दै समितिले १० दिन समय दिएर उजुरी आह्वान गरेको हो । 

    प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उमेर हदका कारण गत साउन २० गते अवकाश पाएपछि नयाँ प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको हो । संसदीय सुनुवाइ प्रक्रिया पुरा भएर अनुमोदन भएपछि श्रेष्ठ सर्वोच्च अदालतकको प्रधानन्यायाधीश बन्नेछन् । 


    images
    images

    Logo