काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका १ हजार ९ सय २७ जना सशस्त्र प्रहरी हवल्दारमा बढुवाका लागि सिफारिस भएका छन् । सोमबार बसेको बढुवा सिफारिस समितिको बैठकले साधारण समूह तर्फका १ हजार ९ सय २७ जना सशस्त्र प्रहरी सहायक हवल्दारहरुलाई सशस्त्र प्रहरी हवल्दार पदमा बढुवाको लागी सिफारिस गरेको हो ।
सशस्त्र प्रहरी नियमावली २०७२ नियम ३९ को उपनियम १ को (च) बमोजिम उनीहरूलाई बढुवा गरिएको प्रधान कार्यालयले जनाएको छ । बढुवा सिफारिस उपर चित्त नबुझ्ने सशस्त्र प्रहरी नायब निरीक्षकहरुले ऐ. नियमावलीको नियम ५५ मा व्यवस्था भए वमोजिम ७ दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सकिने सुचनामा उल्लेख छ ।
बढुवाका लागि सिफारिस पर्नेहरुको सुची :