images
images

क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ


  • 389
    SHARES
  • २०८० श्रावण २२ गते सोमबार

    क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ

    काठमाडौं । क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दोलखा जिरी नगरपालिका-६ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-३ बस्ने २७ वर्षीया फुलमाया जिरेललाई शुक्रबार प्रहरीले पक्राउ गरेको  छ । 

    जिरेलले १ जनालाई वैदेशिक रोजगारका लागि क्यानडा पठाइ प्रतिष्ठित होटलमा १ लाख रुपैयाँभन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी ३ लाख ७४ हजार रूपैयाँ लिई सम्पर्क बिहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं मिनभवनबाट पक्राउ गरेको हो । 

    उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं लेराइएको छ ।


    images
    images

    Logo