images
images

अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिको म्याद ३ वर्ष थपियो


  • 350
    SHARES
  • २०८० श्रावण २२ गते सोमबार

    अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिको म्याद ३ वर्ष थपियो

    काठमाडौं । अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिको कार्यावधि ३ वर्षका लागि थपिएको छ । सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै शहरी विकास मन्त्रालयले म्याद थप गरिएको बारे जानकारी दिएको हो । 

    समितिको म्याद २०८० साउन १ गतेदेखि २०८३ असार मसान्तसम्मका लागि थप गरिएको छ । 

    वागमती र वागमतीमा मिसिने उपत्यकाका अन्य सहायक खोला र नदीहरुको शुद्धीकरण गर्ने उद्देश्यमा साथ २०५२ सालमा उक्त समितिको स्थापना भएको थियो । सडक, ढल, तटबन्ध निर्माण, ढल प्रशोधन केन्द्रजस्ता कार्यक्रम सञ्चालन गर्दै समितिले आफ्नो कार्य गरिरहेको छ । 

    वागमतीको उद्गम थलो शिवपुरीदेखि चोभारसम्म कतैपनि कुनै पनि किसिमको फोहोर मिसाउन नदिने उद्देश्य समितिले लिएको थियो । कुनै तरल मिसाउनै परेमा प्रशोधन गरेर मात्र मिसाउन पाउने गरि नदी किनारामा ढल निर्माण गर्ने, फोहर पानी प्रशोधन केन्द्रहरुको निर्माण, संचालन तथा संभार गर्ने, तटबन्ध निर्माण गर्ने, नदी किनारामा आवश्यकता अनुसार सडक निर्माण र वृक्षारोपण गर्ने जस्ता कार्यहरु समितिले गर्दै आएको छ ।  

    नदी संरक्षणको दायित्व दिएको तर फोहोर गर्ने वा नदीवरिपरिको हरित क्षेत्र अतिक्रमण गर्नेहरुलाई सजाय दिन आफूहरुसँग कुनै अधिकार नभएका कारण स्थापनाको उद्देश्य पुरा गर्न नसकिने स्थिति बनेको अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिको गुनासो रहँदै आएको छ । 


    images
    images

    Logo