images
images

पार्टीको भागमा परेपछि तीन संसदीय समितिमा टुंगियो नेतृत्व


  • 284
    SHARES
  • २०८० श्रावण २२ गते सोमबार

    पार्टीको भागमा परेपछि तीन संसदीय समितिमा टुंगियो नेतृत्व

    काठमाडौं । पार्टीहरुबीच संसदीय समितिका लागि भागवण्डा टुङ्गो लाग्दा तीन समितिमा सभापति को हुने भन्ने लगभग टुङ्गो लागिसकेको छ । १/१ वटा समिति भागमा पाएका एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र जनमत पार्टीका एक जनामात्र सांसदहरु ती समितिमा रहेका कारण सभापति बन्ने निश्चित जस्तै भएको होे । 

    शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति नेकपा एकीकृत समाजवादीको भागमा परेको छ । उक्त समितिमा नेकपा एसका भानुभक्त जोशीमात्र रहेकाले उनी सभापति बन्नेछन् । त्यस्तै, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापति जनमत पार्टीबाट हुने भनी भागवण्डा गरिएको छ । जसअनुसार उक्त समितिमा जनमत पार्टीकी समानुपातिक सांसद सोनु मुर्मु सभापति बन्ने भएकी छिन् । 

    त्यस्तै, भागवण्डा गर्दा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति जनता समाजवादी पार्टीको भागमा परेको छ । उक्त समितिमा जसपाका राज किशोर यादव मात्र रहेका कारण उनी सभापति बन्ने सम्भावना छ । तर उनी पहिले नै मन्त्री रहिसकेका हुनाले सभापति बन्लान् नबन्लान् भन्ने निश्चित छैन ।  

     


    images
    images

    Logo