काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले थप ३ नयाँ ब्रोकर कम्पनीलाई सदस्यता प्रमाणपत्रसँगै ब्रोकर नम्बर दिएको छ। नेप्सेले साउन १९ गते शुक्रबार सदस्यता नम्बर प्रदान गरेको हो ।
ब्रोकर सदस्यता पाउनेमा मेगा स्टक मार्केट्स लिमिटेड, माछापुच्छ्रे सेक्युरिटिज लिमिटेड र नबिल सेक्युरिटिज रहेका छन् । यी मध्ये मेगा स्टक मार्केट्स पूर्ण कार्य गर्ने ब्रोकर, माछापुच्छ्रे सेक्युरिटिज सिमित कार्य गर्ने ब्रोकर र नबिल सेक्युरिटिज धितोपत्र ब्यापारी रहेको छ ।
नेपाल धितोपत्र बोर्डबाट सदस्यताका लागि आशयपत्र प्राप्त गरेका मेगा स्टक मार्केट लिमिटेडले ब्रोकर नम्बर ७५ प्राप्त गरेको छ । माछापुच्छ्रे सेक्युरिटिजले ब्रोकर नम्बर ७६ प्राप्त गरेको छ । नबिल सेक्युरिटिजले ब्रोकर नम्बर ७७ प्राप्त गरेको छ ।
यसअघि नेप्सेले साउन १४ गते ७ वटा र असार २१ गते ७ वटालाई धितोपत्र कारोबार सदस्यता प्रदान गरेको थियो । योसँगै कारोबार सदस्यता पाउने नयाँ ब्रोकरको संख्या १७ पुगेको छ ।



