काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा ४ जना पूर्वमन्त्रीविरुद्धविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उक्त जग्गा हिनामिनामा नीतिगत निर्णयगरि सहयोग पुर्याएको भन्दै पूर्वउपप्रधानमन्त्री एवं भौतिक योजना मन्त्री विजय कुमार गच्छदार, पूर्व मन्त्रीहरू डम्बरबहादुर श्रेष्ठ, चन्द्रदेव जोशी र पूर्व राज्यमन्त्री सञ्जयकुमार शाहविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्व मन्त्रीहरूले ‘सरकारी लिखत किर्ते’ गरेर व्यक्तिको नाममा लैजान भूमिका खेलेको आरोप छ । हालसम्म उक्त प्रकरणमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले अनुसन्धान गरिरहेको छ ।
सर्वोच्च अदालतले आइतबार ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा पुर्याउन गरी मन्त्रिपरिषदको निर्णयमा संलग्नमाथि पनि अनुसन्धान गर्नु भन्दै फैसला सुनाएको थियो। उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
यही प्रकरणमा २० आरोपी सिआइबीको हिरासतमा छन्। पक्राउ परेका समरजंग कम्पनीका तत्कालीन प्रमुख रमेशकुमार पोखरेल र सिद्धिका खेतानलाई भने सिआइबीले हाजिरी जमानीमा छाडेको छ।



