कठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । सोमबार छापावाला सुनको मूल्य १ लाख १२ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
आइतबार प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज प्रतितोला १ सय रुपैयाँले घटेर १ लाख १२ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ११ हजार ८ सय ५० रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला १ हजार ४ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।