काठमाडौं । नबिल बैंकले करिब ५ लाख कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि विक्री गरिने भएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको कुल ४ लाख ८२ हजार ८ सय ८ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि विक्री गर्ने भएको हो ।
सो शेयरमा संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेपछि बैंकले उक्त शेयर सर्वासधारणलाई विक्री गर्न लागेको छ ।
इच्छुक लगानीकर्ताले कति रेटमा किन्ने हो सो को समेत विवरण खुलाई सुचना प्रकाशन भएको मितिले ७ दिन भित्र बैंकको शेयर रजिष्टार नबिल इन्भेष्टमेन्ट बैंकिङ नक्साल नारायणचौरमा गोप्य खामबन्दी निवेदन पेश गर्न बैंकले अनुरोध गरेको छ ।