images
images

२४ वर्षअघि नेपालबाट हाइज्याक भएको प्लेनबारे पाइलटले गरे खुलासा


  • 734
    SHARES
  • २०८० श्रावण २१ गते आइतबार

    २४ वर्षअघि नेपालबाट हाइज्याक भएको प्लेनबारे पाइलटले गरे खुलासा

    काठमाडौंबाट उडेको इन्डियन एयरलाइन्सको विमान आईसी–८१४ हाइज्याक भएको २४ वर्षपछि पाइलटले त्यससम्बन्धमा खुलासा गरेका छन् । पाइलट क्याप्टेन देवी सरनले लाहोरको एयर कन्ट्रोल ट्राफिकलाई डराउन उनले विमान राजमार्गमा अवतरण गराइ दुर्घटना हुन लाग्यो भनेर तर्साउन एउटा गोप्य योजना बनाएका थिए । 

    हालसम्म पनि क्याप्टेन सरन, उनका को–पाइलट राजेन्द्र कुमार र फ्लाइट एन्जिनियर एके जगियाले पाकीस्तानी अधिकारीहरुको निर्णयको विरुद्धमा गएर लाहोर एयरपोर्टमा अवतरण गर्ने निर्णय गरेका र रनवेमा बत्ती नबालिएका कारण राजमार्गलाई नै रनवे सोचेर ल्याण्डिङ गर्न लागेका कारण दुर्घटना हुन लागेको बुझिँदै आइएको थियो । क्याप्टेन सरनले खुलासा गरे अनुसार उक्त घटना दुर्घटना नभइ जानीजानी उठाइएको कदम थियो । र उक्त योजना अरु कसैलाई थाहा नहोस् भनेर उनले आफ्ना को–पाइलटहरुलाई समेत बताएका थिएनन् । 

    सन् २००३/०४ मा जग्गियाले आईसी–८१४ हाइज्याक भएको घटनाबारे सुनाउँदा एटीसीले विमानस्थलमा अवतरण गर्न नदिएको र रनवे र एयरपोर्टको बत्ती निभाइदिएपछि उनीहरुसँग राजमार्गमा अवतरण गर्नुबाहेक अन्य विकल्प नरहेको बताएका थिए । विमानमा पर्याप्त इन्धनसमेत नभएकाले रनवे पत्ता लगाउन नसकिएको उनले बताएका थिए । 

    आकाशबाट राजमार्गलाई नै रनवेजस्तो देखिएको र नजिकै पुगेपछि मात्र राजमार्ग भन्नी पत्ता लागेको उनले बताएका थिए । ‘पत्ता लाग्ने बित्तिकै पाइलटले विमानलाई माथि उडाए’, केही वर्षअधि निधन भएका जग्गियाले बताएका थिए । 

    तर क्याप्टेन सरनले उक्त घटना दुर्घटना नभएर आफ्नो को–पाइलटहरुलाई समेत पत्तो नदिइ चालिएको उनको योजना थियो । 

    ‘ककपिटमा मेरो पछाडि दुई आतंककारीहरू उभिरहेका थिए, र मैले मेरो को–पाइलट र चालक दलसँग गरेको कुरा उनीहरुले सबै बुझ्ने भएका कारण ती योजनाहरु मैले कसैलाई नबताउने निर्णय गरें’, जुलाई ३१ देखि अगस्ट ५ सम्म भएको उड्डयन सुरक्षा संस्कृति सप्ताह कार्यक्रममा क्याप्टेन शरणले भने । 

    लाहोर एटीसीले विमान अवतरण गर्न नदिने भनेपछि मैले विमानलाई क्र्यास ल्याण्ड गर्ने नाटक गर्ने योजना बनाएँ, जसबाट बाध्य भएर उनीहरुले रनवेको बत्तीहरु बालिदिए’, उनले भने । 

    विमानमा जडान गरिएको ट्रान्सपोन्डर नामक यन्त्रले एटीसीलाई स्थान विवरण उपलब्ध गराउँछ । र उनका अनुसार एटीसीले त्यसैलाई आधार मानेर विमानलाई साँच्चै नै  क्र्यास ल्यान्ड गर्न लागेको हो भन्ने सोचेका थिए ।

    ‘मेरो त्यो योजनाले काम गर्यो, मैले तत्कालै रनवे खाली छ भनेर एटीसीबाट सूचना पायौं र सुरक्षित अवतरण गर्यौँ’, उनले भने । तर त्यस योजनाको बारेमा आफ्ना को–पाइलट र चालक दललाई कहिल्यै नभनेको उनले बताए । 

    आईसी–८१४ लाई २४ डिसेम्बर १९९९ मा काठमाडौंबाट उडेको ४० मिनेटमै आतंककारीहरुले हाइज्याक गरेका थिए । 

    करिब १८० यात्रु बोकेको उक्त विमान आठ दिनसम्म कब्जामा रहेपछि काठमाडौंबाट अमृतसर र त्यसपछि लाहोर उडेको थियो । लाहोरमा गइ इन्धन भरेर उक्त विमान दुबई गयो र त्यहाँबाट कान्दाहार गयो, जहाँ ३१ डिसेम्बर २००० मा सबै यात्रुलाई रिहा गरियो ।


    images
    images

    Logo