images
images

२६ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्दै राष्ट्र बैंक, २ अर्बको नयाँ 


  • 259
    SHARES
  • २०८० श्रावण २१ गते आइतबार

    २६ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्दै राष्ट्र बैंक, २ अर्बको नयाँ 

    काठमाडौं । नेपाल राष्ट्र बैंकले २६ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । बैंकले सोमबार सो रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको हो । 

    बैंकले २८ दिनको लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ भने ९१ दिनको लागि १२ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको हो । त्यस्तै, १८२ दिनको लागि ७ अर्ब रुपैयाँ ट्रेजरी विल जारी गर्ने भएको छ भने ३६४ दिनको लागि २ अर्बको ट्रेजरी विल जारी गर्ने भएको छ ।  जसमा बैंकले ३६४ दिनको लागि २ अर्बको नयाँ जारी गर्ने लागेको हो । 

    उक्त ट्रेजरी विल २८ दिनको भदौ १९ गते परिपक्क हुनेछ भने ९१ दिनको कात्तिक २१ गते परिपक्क हुनेछ । त्यस्तै, १८२ दिनको माघ २३ गते परिपक्व हुनेछ भने ३६४ दिनको अगामी साउन २२ गते परिपक्क हुनेछ ।  

    यो ट्रेजरी विल सोमबार दिउँसो ३ बजे अनलाइन माध्यमबाट बोलकबोल हुनेछ । उक्त बोलकबोलमा बैंक तथा वित्तीय संस्था, सर्वसाधारण संस्था तथा सर्वसाधारण नागरिकले सहभागीता हुन सक्नेछन् ।  


    images
    images

    Logo