images
images

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?


  • 367
    SHARES
  • २०८० श्रावण २१ गते आइतबार

    बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    कठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ । आइतबार छापावाला सुनको मूल्य १ लाख १२ हजार ५ सय रुपैयाँ कायम भएको छ । 

    शुक्रबार प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज प्रतितोला ३ सय रुपैयाँले बढेर १ लाख १२ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ११ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला १ हजार ४ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo