काठमाडौं । कुमारी बैंकले ७ लाख ५७ हजार संस्थापक शेयर आजदेखि विक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको कुल ७ लाख ५७ हजार ६ सय ९९ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो ।
बैंकले उक्त शेयरको न्युनतम मूल्य १ सय ५ रुपैयाँ तोकेको छ । लगानीकर्ताले सो शेयरमा आवेदन दिँदा न्युनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।
इच्छुक शेयरधनीले आफुले लिन चाहेको कित्ता र के कति रेटमा किन्ने हो सो को समेत विवरण खुलाई सुचना प्रकाशन भएको मितिले भदाै ज्ञ गतेभित्र बैंकको विक्री प्रबन्त्रक एनआईबीएल एस क्यापिटल, लाजिम्पाट काठमाडौंमा आइपुग्नेगरी निवेदन पेश गर्न बैंकले अनुरोध गरेको छ ।