images
images

प्रधानन्यायाधीशमा विश्वम्भर श्रेष्ठको नाम सिफारिस


  • 288
    SHARES
  • २०८० श्रावण १८ गते बिहीबार

    प्रधानन्यायाधीशमा  विश्वम्भर श्रेष्ठको नाम सिफारिस

    काठमाडौं । संवैधानिक परिषद्को आज बसेको बैठकले भावी प्रधानन्यायाधीशका लागि  सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ ।

    प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको परिषद्को बैठकले प्रधानन्यायाधीशमा श्रेष्ठको नाम सिफारिस गरेको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिमिल्सनाले जानकारी दिए ।

    न्याय परिषद्ले प्रधानन्यायाधीशका लागि श्रेष्ठसहित ११ जनाको  रोष्टर पठाएको थियो । रोष्टरको पहिलो नम्बरमा रहेका श्रेष्ठको नाम सिफारिस गरेको हो । उनको कार्यकाल आगामी २०८१ असोजसम्म हुनेछ ।

    वर्तमान प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले यही साउन २० गते अनिवार्य अवकाश लिँदै हुनुहुन्छ ।


    images
    images

    Logo