काठमाडौं । काठमाडौंको सामाखुसी नालाबाट १२ दिनअघि बेपत्ता भएका बालक साजन मगर मृत अवस्थामा फेला परेका छन् । बिहीबार दक्षिणकाली नगरपालिका(७ भुल्कास्थित बागमती नदी किनारमा उक्त बालकको शव मृत अवस्थामाफेला प्रहरीले परेका हुन् ।
बालकको शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको छ । बालकलाई साउन ७ गते साँझ सामाखुसी नालामा आएको बाढीले बगाउँदा बेपत्ता भएका थिए ।
काठमाडौँको पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा अध्ययनरत निज बालक आइतबार साँझ फुटसल खेल्न जाँदैगर्दा पर्खालबाट खसेर सामाखुसी नालामा बगेर बेपत्ता भएका थिए ।