images
images

प्रस्तावित ६ राजदूतकाे नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन


  • 289
    SHARES
  • २०८० श्रावण १८ गते बिहीबार

    प्रस्तावित ६ राजदूतकाे नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन

    काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न मुलुकका लागि प्रस्तावित ६ जना राजदूतको अनुमोदन गरेको छ । बिहीबारबार बसेकाे संसदीय सुनुवाइ समितिकाे बैठकले सरकारबाट सिफारिस भएर आएका राजदूतहरुको नाम सर्वसम्मत अनुमोदन गरेको हो । 

    सरकारले न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको नेपाल नियोगमा आवासीय प्रतिनिधिमा लोकबहादुर थापा, जेनेभास्थित संयुक्त राष्ट्रसंघीय नियोगका आवासीय प्रतिनिधि रामप्रसाद सुवेदी, संयुक्त अरब इमिरेट्सको राजदूतमा तेजबहादुर क्षेत्री, कुवेतको राजदूतमा घनश्याम लम्साल, थाइल्यान्डको राजदूतमा धनबहादुर ओली र फ्रान्सको राजदूतमा सुधीर भट्टराईको नाम सिफारिस गरेको थियो ।

    गत असार २६ गते मन्त्रिपरिषद् बैठकले ६ कूटनीतिक नियोगका लागि राजदूत सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएका  उनीहरूलाई अब राष्ट्रपतिले नियुक्त गर्नेछन् ।


    images
    images

    Logo