images
images

एमालेले गर्यो राष्ट्रियसभा वैठक अवरुद्ध, २२ गतेसम्मका लागि स्थगित 


  • 318
    SHARES
  • २०८० श्रावण १८ गते बिहीबार

    एमालेले गर्यो राष्ट्रियसभा वैठक अवरुद्ध, २२ गतेसम्मका लागि स्थगित 

    काठमाडौं । सुन तस्करीहरुको खोजि गर्न कुनै कदम नउठाइएको भन्दै एमालेले राष्ट्रियसभा वैठक अवरुद्ध गरेको छ । 

    बिहीबार बसेको वैठकमा सुरु भएलगत्तै एमालेका भैरव सुन्दर श्रेष्ठले एयरपोर्टजस्तो संवेदनशील क्षेत्रबाट १ क्वीन्टल सुन भित्रिँदा समेत नसमातिएको र पहिले पनि त्यस्ता घटना भइरहेको भन्दै आवश्यक पहल गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । र सुन तस्करीमा संलग्न रहेका भनिएका चिनियाँ नागरिकले नेपाली नागरिकता लिएको विषयमा, नागरिकता लिन सहयोग पुर्याउने मानिसहरुको खोज अनुुसन्धान हुनुपर्ने माग राखेका थिए । 

    उनले आफ्नो भनाइ राखे लगत्तै एमालेका सदस्यहरु उठेर सभा अवरोध गरेका थिए । यथास्थानमा बसेर तोकिएको कार्यवाही सुचारु गर्न सहयोग गर्ने राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले अनुरोध गरेका थिए । एमालेले अध्यक्षको अनुरोध अस्वीकार गरेपछि अर्को वैठक २२ गतेका लागि बोलाइएको हो । 


    images
    images

    Logo