images
images

प्रहरी परिसर टेकुमा झडप


  • 392
    SHARES
  • २०८० श्रावण १७ गते बुधबार

    प्रहरी परिसर टेकुमा झडप

    काठमाडौं । जिल्ला प्रहरी परिसर, टेकु घेर्न पुगेको तामाङ समुदाय तथा प्रहरीबीच झडप भएको छ । झडपका क्रममा प्रहरीले ३५ जनाभन्दा बढी प्रदर्शनकारी पक्राउ गरिएको काठमाडौं परिसरका डीएसपी अनिल अधिकारीले बताए ।

    परिसरमै प्रदर्शनमा उत्रिएका तामाङ समुदाय र प्रहरीबीच झडप भएको हो । अधिवक्ता शितल पाण्डेलाई पक्राउ गरिसकिएको भन्दै प्रदर्शन नगर्न आग्रह गरेपनि आन्दोलनकारीले नमानेपछि पक्राउ गरिएको प्रहरीको दावी छ ।

    प्रर्दशनमा उत्रिएकामाथि प्रहरीले लाठी चार्ज र अश्रुग्यास समेत हानेको छ ।


    images
    images

    Logo