images
images

अधिवक्ता शितल पाण्डे पक्राउ


  • 364
    SHARES
  • २०८० श्रावण १७ गते बुधबार

    अधिवक्ता शितल पाण्डे पक्राउ

    काठमाडौं । तामाङ समुदायको बारेमा विवादास्पद अभिव्यक्ति दिएकी अधिवक्ता शितल पाण्डे पक्राउ परेकी छिन् । काठमाडौं प्रहरीले अधिवक्ता पाण्डे बुधबार काठमाडौंबाटै पक्राउ परिएको र बयान हुँदै गरेको जानकारी दिएको छ ।

    तामाङ तथा मगर समुदायका व्यक्तिबारे गलत अभिव्यक्ति दिएको भन्दै उक्त समुदायका व्यक्तिहरुले बुधबार काठमाडौँ प्रहरी परिसरअगाडि प्रदर्शन गरेका थिए ।

    टेलिभिजन अन्तर्वार्ताका क्रममा अधिवक्ता पाण्डेले तामाङ र मगरलगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने र यसका कारण समाजमा अपराध फैलिएको अभिव्यक्ति दिएकी थिइन् ।

    काठमाडौँ प्रहरी परिसरअगाडि प्रदर्शन गर्ने २८ जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।


    images
    images

    Logo