काठमाडौं । प्राइम कमर्सियल बैंकले कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा संजीब मानन्धरलाई नियुक्त गरेको छ । बैंकका सीईओ नारायणदास मानन्धरको साउन १६ गते कार्यकाल समाप्त भएको हुनाले संजीब मानन्धरलाई अर्को ब्यवस्था नभएसम्मका लागि कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
उनी बैंकका महाप्रबन्धक हुन् । बैंकले आज साउन १७ गतेदेखि लागु हुने गरि कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी मानन्धरले पाएका हुन् ।
