काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ ।
बुधबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ ३२ पैसा र बिक्रीदर १ सय ३१ रुपैयाँ ९२ पैसा कायम रहेको छ । मंगलबार भने अधिकतम खरिददएर १ सय ३१ रुपैयाँ ३० पैसा र बिक्रीदर १ सय ३१ रुपैयाँ ९० पैसा मूल्यमा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४४ रुपैयाँ २४ पैसा र बिक्रीदर १ सय ४४ रुपैयाँ ९० पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६८ रुपैयाँ १९ र बिक्री दर १ सय ६८ रुपैयाँ ९६ पैसा रहेको छ।