images
images

नेदरल्याण्ड्स पठाइदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ


  • 336
    SHARES
  • २०८० श्रावण १६ गते मंगलबार

    नेदरल्याण्ड्स पठाइदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ

    काठमाडौं । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले वैदेशिक रोजगारीका लागि नेदरल्याण्ड्स पठाइदिन्छु भनी रकम ठगी गर्ने व्यक्तिलाई काठमाडौँको मण्डिखाटारबाट पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा महोत्तरी जलेश्वर ननगरपालिका–१३ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–३१ शान्तिनगर बस्ने ३७ वर्षीय कपिल बर्मा रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । 

    उनका अनुसार पक्राउ परेका बर्माले विक्रम कार्कीसमेत छ जनालाई वैदेशिक रोजगारीका लागि नेदरल्याण्ड्स पठाइदिने र त्यसका लागि प्रतिव्यक्ति १२ लाख रुपैयाँ लाग्ने, नेदरल्याण्ड्समा प्रतिष्ठित सुपरमार्केट कम्पनीमा स्टोरकिपरको काम लगाइदिने तथा मासिक २ लाख रुपैयाँभन्दा धेरै तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितहरूबाट पटकपटक गरी जम्मा ४४ लाख ५० हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन भई ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो ।

    पक्राउ परेका बर्मालाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

     


    images
    images

    Logo