काठमाडौं । कोशी प्रदेशमा गठबन्धनका तर्फबाट कांग्रेसका नेता उद्धव थापाले मुख्यमन्त्रीका लागि दावी पेस गरेका छन् । मंगलबार बहुमत सदस्यसहित प्रदेश प्रमुख परशुराम खापुङसमक्ष कांग्रेस संसदीय दलका नेता थापाले दाबी पेस गरेका हुन् ।
माओवादीबाट सभामुख बनेका बाबुराम गौतमलाई पदबाट राजीनामा दिन लगाएर गठबन्धन दलहरुले बहुमत पुर्याएका हुन् ।
सरकारको बहुमतका लागि ४७ मत आवश्यक छ । सभामुख गौतमले राजीनामा दिएपछि कांग्रेस २९, माओवादी १३, एकीकृत समाजवादी ४ र जसपा १ गरी ४७ सिट पुगेको छ ।