images
images

साउन १५ गतेसम्म देशभर ७७ प्रतिशत धान रोपाइँ


  • 272
    SHARES
  • २०८० श्रावण १५ गते सोमबार

    साउन १५ गतेसम्म देशभर ७७ प्रतिशत धान रोपाइँ

    काठमाडौं । पर्याप्त पानी नपर्दा यो बर्ष देशभर ७७ प्रतिशत धान रोपाइँ भएको छ । साउन १४ गतेसम्म कुल धान खेती हुने भू–भाग मध्ये ७७ प्रतिशत जमिनमा मात्रै रोपाइँ भएको कृषि तथा पशुपन्छि विकास मन्त्री वेदुराम भुसालले बताए । गत वर्ष यही समय अर्थात् साउन १२ गतेसम्म ९० प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि सूचना तथा प्रशिक्षण केन्द्रका प्रमुख प्रकाशकुमार सञ्जेलले जानकारी दिए । 

    देशभर १३ लाख ५७ हजार ८ सय १६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ । जसमध्ये हालसम्म १० लाख ५३ हजार ४ सय ४ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ सकिएको केन्द्रले जनाएको छ ।

    यस वर्ष कोशी प्रदेशमा ८४ प्रतिशत भूभागमा धान रोपाइँ भएको छ । सो प्रदेशमा गत वर्ष यही समयमा ८८ प्रतिशत भूभागमा धान रोपाइँ सम्पन्न भएको थियो । कोशी प्रदेशमा २ लाख ७५ हजार १ सय ३३ हेक्टर क्षेत्रफल जमिनमा धान रोपाइँ हुने गरेकामा हालसम्म २ लाख ३१ हजार १ सय १२ हेक्टर क्षेत्रफलमा मात्र धान रोपिएको केन्द्रले जनाएको छ ।
     
    मधेस प्रदेशमा हालसम्म ५९ प्रतिशत भूभागमा मात्र धान रोपाइँ सकिएको छ । गत वर्ष यही समयमा सो प्रदेशमा ८९ प्रतिशत भूभागमा धान रोपाइँ सकिएको थियो । मधेस प्रदेशमा ३ लाख ५४ हजार २ सय ८३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिन्छ । हालसम्म सो प्रदेशमा २ लाख ९ हजार ८६ हेक्टर क्षेत्रफलमा  मात्र धान रोपाइँ सकिएको छ ।
     
    बागमती प्रदेशमा हालसम्म ७२ प्रतिशत क्षेत्रफलमा मात्र धान रोपाइँ सकिएको छ । गत वर्ष साउन १२ गतेसम्म बागमती प्रदेशमा ९३ प्रतिशत रोपाइँ सकिएको थियो । यो प्रदेशमा १ लाख १३ हजार ८३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिन्छ । यसमध्ये हालसम्म ८१ हजार ४ सय २० हेक्वटर क्षेत्रफलमा मात्र धान रोपाइँ गरिएको छ । 
     
    गण्डकी प्रदेशमा हालसम्म ८२ प्रतिशत भूभागमा धान रोपाइँ सकिएको छ । गत वर्ष साउन १२ गतेसम्म यो प्रदेशमा ९६ प्रतिशत भूभागमा रोपाइँ सकिएको थियो । गण्डकी प्रदेशमा १ लाख ४ हजार ६ सय २२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिन्छ । जसमध्ये हालसम्म ८५ हजार ७ सय ९० हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ गरिएको छ । 
     
    लुम्बिनी प्रदेशमा ८१ प्रतिशत भूभागमा धान रोपाइँ सकिएको छ । सो प्रदेशमा गत वर्ष यही समयमा ८५ प्रतिशत धान रोपाइँ सकिएको थियो । लुम्बिनी प्रदेशमा ३ लाख ३ सय ९२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिन्छ । जसमध्ये हालसम्म २ लाख ४३ हजार ३ सय १८ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ सकिएको छ । 
     
    कर्णाली प्रदेशमा हालसम्म ८५ प्रतिशत भूभागमा धान रोपाइँ सकिएको केन्द्रका प्रमुख सञ्जेलले बताए । गत वर्ष यही समयमा सो प्रदेशमा ७८ प्रतिशतमात्र रोपाइँ भएको थियो । कर्णाली प्रदेशमा ३८ हजार ७ सय २७ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिन्छ । सो प्रदेशमा हालसम्म ३२ हजार ९ सय १८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ । 
     
    सुदूरपश्चिम प्रदेशमा हालसम्म ९९ प्रतिशत धान रोपाइँ सकिएको छ । सो प्रदेशमा गत वर्ष पनि यही समयमा ९९ प्रतिशत नै रोपाइँ सकिएको थियो । सुदूरपश्चिम प्रदेशमा १ लाख ७१ हजार ४ सय ७६ हेक्टर क्षेत्रफलमा रोपाइँ गरिन्छ । सो प्रदेशमा हालसम्म १ लाख ६९ हजार ७ सय ६१ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको केन्द्रले जनाएको छ । 

     

     


    images
    images

    Logo