images
images

प्रतिनिधि सभाको बैठक बस्दै नबसी मंगलबारसम्मको लागि स्थगित


  • 234
    SHARES
  • २०८० श्रावण १५ गते सोमबार

    प्रतिनिधि सभाको बैठक बस्दै नबसी मंगलबारसम्मको लागि स्थगित

    काठमाडौं । प्रतिनिधि सभाको बैठक मंगलबारसम्मको लागि स्थगित भएको छ । त्रिभुवन विमानस्थलको भन्सार कार्यालयबाट सय किलो सुन प्रकरणमा नेकपा एमालले सो उच्चस्तरीय छानविन समिति बनाउने प्रतिवद्धता नआएसम्म संसद चल्न नदिने अडान लिएपछि आजको प्रतिनिधि सभाको बैठक बस्दै नबसी स्थगित भएको हो । 

    बैठक सञ्चालनका लागि सभामुख देवराज घिमिरेले विभिन्न राजनीतिक दलका आबद्ध प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरे पनि निष्कर्ष निस्कन नसकेकाले बैठक मङ्गलबार १ बजेसम्मका लागि स्थगित भएको हो ।

    सभामुख घिमिरेले आजका लागि तय भएको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकाले बैठक यही साउन १६ गते मङ्गलबार दिनको १ बजे बस्ने गरी निर्धारण गरेका सङ्घीय संसदका महासचिव डा भरतराज गौतमले सूचनामार्फत जानकारी दिए । 

    आजको बैठकमा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी निलम्बनमा पर्नुभएको जानकारी गराउने र ‘नेपाल विश्वविद्यालय विधेयक, २०८०’ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो ।

    यसैगरी, कानुन, नयाय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ बमोजिम ती आयोगको कार्यावधि थप गर्नेसम्बन्धी प्रस्ताव पेश गर्ने कार्यसूची थियो । 

    यही साउन ३ गते सिनामङ्गलबाट बरामद भएको सुन प्रकरणलाई लिएर नेकपा ९एमाले० ले सदनमा विरोध जारी राखेको छ । सदनको अवरोध खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतबार र आज पनि प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका कुनै निष्कर्ष निस्कन सकेको छैन । 

     

     

     

     


    images
    images

    Logo