images
images

१ हजार ५ सय ९५ दरबन्दी स्वीकृत गर्ने बागमती सरकारको निर्णय


  • 328
    SHARES
  • २०८० श्रावण १४ गते आइतबार

    १ हजार ५ सय ९५ दरबन्दी स्वीकृत गर्ने बागमती सरकारको निर्णय

    काठमाडौं । बागमती प्रदेश सरकारले विभिन्न कार्यालय तथा निकायको दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । आइतबार बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले सरकार मातहत काम गर्दै आएका अस्थायी र करारका १ हजार ५ सय ९५ दरबन्दी स्वीकृत गरेको हो । 

    बैठकले दुई कर्मचारीलाई ११औँ तह (प्रदेश सचिव)मा बढुवा गर्ने समेत निर्णय गरेको छ । स्वास्थ्य सेवातर्फ नारायणबहादुर कार्की र इन्जिनियर सेवातर्फ लोकनाथ रेग्मीलाई ११औँ तहमा बढुवा गर्ने निर्णय भएको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले जानकारी दिए । 

    यसैगरी बैठकले प्रदेश श्रम तथा रोजगार नीति २०८० लाई स्वीकृत गर्ने निर्णय गरेको छ । 


    images
    images

    Logo