काठमाडौं । नापी कार्यालय चाबहिलमा कर्यरत नापी अधिकृत राजु पुरी विरुद्ध १ करोड ४ लाख रुपैयाँ भ्रष्टाचारको आरोप लागेको छ । आफूसँग भएको सम्पत्तिको स्रोत खुलाउन नसकेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुरीविरुद्ध भ्रष्टाचारको मुद्दा लगाएको हो ।
२०५२ साल पुस ९ गते नियुक्त भएदेखि २०७९ असार मसान्तसम्म उनले कमाएको सबै रकम जोड्दा १ करोड २० लाख रुपैयाँ वैधानिक आय देखाएका थिए । खर्च भने आयभन्दा १ करोड ४ लाख रुपैयाँले बढी – २ करोड २४ लाख रुपैयाँ देखिन आएको छ । स्रोत नखुलेको गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरि भ्रष्टाचार गरेको आरोप आयोगले पुरीविरुद्ध लगाएको हो ।
गैरकानुनी रुपमा कमाएको सम्पत्ति श्रीमती श्रृजना गिरीको नाममा राखिएको देखिएका कारण उनलाई समेत प्रतिवादी बनाई आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।



