काठमाडौं । सुन तस्करी प्रकरणमा ठमेलबाट थप एक जना पक्राउ परेकाे छ । प्रहरीले काठमाडौंको ठमेलस्थित भियाना होटलबाट आइतबार दावा छिरिङलाई पक्राउ गरेको हो ।
करिब १ सय किलो सुन साउन ३ मा राजस्व अनुसन्धान विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको गेट बाहिरबाट बरामद गरेरको थियो । सुन तस्करीमा संलग्न आशंकामा छिरिङसहित पक्राउ पर्नेहरुको संख्या १८ पुगेको छ ।
प्रहरीले छिल्लो पटक सुन तस्करी गिरोहसँगसमेत छिरिङको सम्पर्क रहेको देखिएकोले पक्राउ गरेको छ । यसैबीच शनिबार राति टोखाको एक प्रिफ्याब हाउसमा छापा मारेर विभागले केही सामान बरामद गरेको छ ।