images
images

२१ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्दै राष्ट्र बैंक 


  • 209
    SHARES
  • २०८० श्रावण १४ गते आइतबार

    २१ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्दै राष्ट्र बैंक 

    काठमाडौं । नेपाल राष्ट्र बैंकले २१ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । बैंकले सोमबार सो रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको हो । 

    बैंकले २८ दिनको लागि ८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ भने ९१ दिनको लागि ८ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको हो । त्यस्तै, १८२ दिनको लागि ५ अर्ब रुपैयाँ ट्रेजरी विल जारी गर्ने भएको छ । 

    उक्त ट्रेजरी विल २८ दिनको भदौ १२ गते परिपक्क हुनेछ भने ९१ दिनको कात्तिक १४ गते परिपक्क हुनेछ । त्यस्तै, १८२ दिनको माघ १६ गते परिपक्व हुनेछ । यो ट्रेजरी विल सोमबार दिउँसो ३ बजे अनलाइन माध्यमबाट बोलकबोल हुनेछ । उक्त बोलकबोलमा बैंक तथा वित्तीय संस्था, सर्वसाधारण संस्था तथा सर्वसाधारण नागरिकले सहभागीता हुन सक्नेछन् ।  

     


    images
    images

    Logo