images
images

पुनः रेकर्ड नजिक पुग्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?


  • 481
    SHARES
  • २०८० श्रावण ११ गते बिहीबार

    पुनः रेकर्ड नजिक पुग्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य रेकर्ड नजिक पुगेको छ । बिहीबार छापावाला सुनको मूल्य १ लाख १३ हजार ५ सय रुपैयाँ कायम भएको छ । 

    बुधबार प्रतितोला १ लाख १२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेर  १ लाख १३ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख १२ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला २५ रुपैयाँले घटेर १ हजार ४ सय ९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo