images
images

नापतौलमा ठगी गर्ने १४ सय व्यावसायिक प्रतिष्ठान कारबाहीमा


  • 321
    SHARES
  • २०८० श्रावण १० गते बुधबार

    नापतौलमा ठगी गर्ने १४ सय व्यावसायिक प्रतिष्ठान कारबाहीमा

    काठमाडौं । नापतौलयन्त्रको तोकिएको समयमा नवीकरण नगराउने र तौलमा ठगी गर्ने १ हजार ४ सय ३६ औद्योगिक  तथा व्यावसायिक प्रतिष्ठानलाई जरिवानासहित कारबाही गरिएको वीरगन्जस्थित गुणस्तर तथा नापतौल कार्यालयले जनाएको छ । 

    उक्त कारबाहीमा ठूला आद्यौगिक र व्यावसायिक प्रतिष्ठानदेखि साना  व्यवसायीसमेत परेका  छन् । वारा, पर्सा,  रौतहट, मकवानपुर तथा चितवन  कार्यक्षेत्र रहेको सो कार्यालयले आर्थिक बर्ष २०७९/८० मा गरेको विशेष अनुगमन तथा  नियमित  नापतौल जाँचको क्रममा अनियमितता गर्ने ब्यावसायिक संस्था तथा व्यक्तिलाई  कारबाही गरेकोे निमित्त कार्यालय प्रमुख सञ्जीवकुमार ठाकुरले जानकारी दिए । 

    सो कार्यालयले उक्त अवधिमा एक हजार तीन सय २४ औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानको नापतौल यन्त्रको जाँच र नवीकरण गरेको थियो ।
      
    कार्यालयबाट प्राप्त विवरणअनुसार गत आर्थिक वर्षमा ५ सय ६५ नयाँ औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानलाई  नापतौल यन्त्रको इजाजतपत्र दिइएको थियो। सो कार्यालयमा ३ हजार ३ सय २५ जना व्यवसायीले नापतौलसम्बन्धी इजाजतपत्र लिएर कार्य गरिरहेको उनले  बताए ।

    गत आर्थिक वर्षमा ९ सय २ पम्पको नोजल जाँच, ४ सय  ३५ भेहिकलको ट्याङ्क जाँच गरिएको, नापतौलसम्बन्धी उपभोक्ता हकहित संरक्षणका लागि  एकल अनुगमन ३२ पटक तथा  संयुक्त अनुगमन २८ पटक गर्नाका साथै १९ व्यावसायिक प्रतिष्ठान बिरुद्ध  अभियोगपत्र दायर गरिएको जनाइएको थियो ।

    साथै कार्यालयले सो अवधिमा विभिन्न शीर्षकबाट १ करोड ४० लाख २३ हजार २ सय ६८ रुपैयाँ राजस्वसमेत सङ्कलन गरेको  पनि बताइएको थियो । कार्यालयले डिजिटल नागरिक वडापत्र तथा  डिजिटल गुनासो सुनवाइको व्यवस्था गरेकामा उक्त कार्यको सेवाग्राहीले  प्रशंसा थिए ।


    images
    images

    Logo