images
images

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?


  • 638
    SHARES
  • २०८० श्रावण ५ गते शुक्रबार

    घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । शुक्रबार छापावाला सुनको मूल्य १ लाख १२ हजार ८ सय रुपैयाँ कायम भएको छ । 

    विहीबार प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले घटेर १ लाख १२ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । विहीबार सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको थियो । 

    त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख १२ हजार २ सय ५० रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ४ सय ९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo