images
images

फोहोर बोकेर बञ्चरेडाँडा गएका गाडीलाई नरोक्न सर्वोच्चको अन्तिरिम आदेश


  • 343
    SHARES
  • २०८० श्रावण २ गते मंगलबार

    फोहोर बोकेर बञ्चरेडाँडा गएका गाडीलाई नरोक्न सर्वोच्चको अन्तिरिम आदेश

    काठमाडौं ।  फोहोर बोकेर ल्यान्डफिलसाइट बञ्चरेडाँडामा गएका गाडीलाई नरोक्न सवोच्च अदालतले अन्तिरिम आदेश दिएको छ । सोमबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले उक्त आदेश दिएको हो ।


    ल्यान्डफिल्ड साइटमा फोहोर बोकेर आएको प्रति गाडी १५ सय रुपैयाँ शुल्क तिनुपर्ने भन्दै ककनी गाउँपालिका काठमाडौं महानगरपालिकाको फेहोर बोकेर गएका गाडीलाई रोकेका थिए । 

    आइतबार फोहोरमैला व्यवस्थापन संघले ककनी गाउँपालिका, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, संघीय मामिला, वन तथा वातावरण र सहरी विकास मन्त्रालयलाई विपक्षी बनाइ रिट दर्ता गरेको थियो। 

    साेही रिटमा सर्वोच्च अदालतले ल्यान्डफिलसाइट बञ्चरेडाँडामा फोहोर विसर्जन गर्न जाने टिपरलाई रोक्ने स्थानीय तहको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। 

     


    images
    images

    Logo