images
images

काठमाडौंमा ७ हजार १ सय एक बैङ्किङ कसुरका मुद्दा


  • 243
    SHARES
  • २०८० श्रावण २ गते मंगलबार

    काठमाडौंमा ७ हजार १ सय एक बैङ्किङ कसुरका मुद्दा

    काठमाडौं । काठमाडौं जिल्लामा एक वर्षमा बैङ्किङ कसुरमा ७ हजार १ सय १ मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौं आज पत्रकार सम्मेलन गरी आर्थिक वर्ष २०७९/८० को एक वर्षमा काठमाडौँभित्र बैङ्किङ कसुरसम्बन्धी ७ हजार १ सय १ मुद्दा दर्ता भएको जानकारी दिएको हो ।

    पत्रकार सम्मेलनमा बोल्दै परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले आर्थिक बर्ष २०७८/७९ को तुलनामा आर्थिक बर्ष २०७९/८० मा बैङ्किङ कसुरको मुद्दा दोब्बरले बढेको जानकारी दिए । “आर्थिक बर्ष २०७८/७९ मा ३ हजार ७ सय १५ मुद्दा दर्ता भएको थियो । आर्थिक बर्ष २०७९/८० मा ७ हजार १ सय १ मुद्दा दर्ता भएका छन्, अघिल्लो आवको तुलनामा पछिल्लो आवमा दर्ता भएका मुद्दाको सङ्ख्या झन्डै दोब्बर हो”, उनले भने ।

    यस्तै, आर्थिक बर्ष २०७८/७९ को तुलनामा आर्थिक बर्ष २०७९/८० मा चोरीको घटनामा समेत वृद्धि भएको छ । आर्थिक बर्ष २०७८÷७९ मा चार सय ६० चोरीका घटना दर्ता भएका थिए भने आर्थिक बर्ष  २०७९/८० मा ६ सय ४७ चोरीका घटना दर्ता भएको परिसरले जनाएको छ ।

    यसैगरी, आर्थिक बर्ष २०७९/८० मा लागुऔषधमा ३ सय ६८ मुद्दा दर्ता भएका छन् । सोही आवमा काठमाडौँभित्र ३ सय ४१ जनाले आत्महत्या गरेको तथ्याङ्क छ । ज्यानसम्बन्धी कसुर आर्थिक बर्ष २०७८/७९ को तुलनामा आर्थिक बर्ष २०७९/८० मा घटेको छ ।

    आर्थिक बर्ष २०७८/७९ मा ३७ जनाको हत्या भएको थियो भने आर्थिक बर्ष २०७९/८० मा २७ जनाको हत्या भएको परिसरका प्रमुख कार्कीले बताए  । काठमाडौँमा अपराध अनुसन्धानमा महत्त्वपूर्ण साधन मानिने सिसिटिभी बिग्रिएका कारणले सोचेजस्तो काम हुन नसकेको उनको भनाइ छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौं मातहतमा १ हजार ७७ सिसिटिभी जडान भएको भए पनि हाल जम्मा ५ सय ३२ सिसिटिभीमात्र चालु अवस्थामा रहेका छन् । सिसिटिभी जडानका लागि हालैमात्र काठमाडौँ महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाले प्रहरीसँग सम्झौता गरेर काम अगाडि बढाइसकेको छ ।


    images
    images

    Logo