images
images

आज रातिदेखि लागू हुनेगरी इन्धनमा स्वचालित प्रणाली लागु, कुनमा कति घट्छ ?


  • 374
    SHARES
  • २०८० आषाढ ३१ गते आइतबार

    आज रातिदेखि लागू हुनेगरी इन्धनमा स्वचालित प्रणाली लागु, कुनमा कति घट्छ ?

    काठमाडौं । नेपाल आयल निगमले आज रातिदेखि लागू हुने गरि  पेट्रोलियम पदार्थमा स्वचालित मूल्य (अटोप्राइस) मूल्य प्रणली लागू गर्ने भएको छ । निगम सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    स्वचालित मूल्य भनेको अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढ्ने र घट्दा घट्ने हुन्छ ।  जसअनुसार निगमले डिजेलमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत नाफा राखेर मूल्य तोक्नेछ । साथै एलपी ग्यासको मुल्यमा भने निगमले नाफा नराख्ने जनाएको छ । 

    यसअनुसार अब पेट्रोल लिटरमा ६ रुपैयाँ तथा डिजेल र मट्टितेलमा ४–४ रुपैयाँ मूल्य घट्नेछ भने ग्यासमा १० रुपैयाँ घट्ने निगमले जनाएको छ ।

    इन्डियन आयल कर्पोरेशनले आजै नयाँ मूल्यसूची पठाएको छ । जसअनुसार पेट्रोल प्रतिलिटर ३४ पैसा  घटेर आएको छ भने डिजलको मूल्य लिटरमा २ रुपैयाँ ४७ पैसाले बढेर आएको छ ।

     

     


    images
    images

    Logo