काठमाडौं । सोमबारदेखि आन्तिरिक उडानको भाडा ६ प्रतिशतले बढ्ने भएको छ । नेपाल वायुसेवा सञ्चालक संघले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै भोलीबाट लागूहुने गरि भाडा बढाउन लागेको हो ।
आर्थिक वर्ष २०८०/२०८१ को बजेटमा हवाइ यातयाात सेवालाई अनिवार्य रूपमा मूल्य अभिवृद्धि करमा दर्ता हुनुपर्ने व्यवस्था गरिएको छ । सो व्यवस्था भोलीदेखि लागु हुने भएसँगै हवाई भाडा पनि सोमबारदेखि बढ्ने भएको हो ।
यसअघि हवाई टिकटमा भ्याट लाग्दैनथ्यो । तर, सरकारले आगामी आर्थिक वर्षबाट हवाई टिकटमा भ्याट अनिवार्य गरेसँगै वायुसेवा कम्पनीहरु भ्याटमा दर्ता हुन थालेका छन् ।
अहिले आन्तरिक हवाई टिकटमा ३ वटा शीर्षकमा मूल्य तय भएको हुन्छ । जसमा यात्रु सेवा शुल्क, इन्धन चार्ज र हवाई फेयर रहेको छ । इन्धन चार्ज र यात्रु सेवा शुल्कमा पहिले नै भ्याट रहेको हुँदा दोहोरो भ्याट लाग्दैन ।



