काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन २ हजार १ सय ४७ जना सवारी चालक कारवाहीमा परेका छन् । टाफिक नियम उल्लङ्घन गरेको कारणले उनीहरुलाई शनिबार उपत्यकाको विभिन्न स्थानबाट कारवाही गरिएको काठामाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १ सय ९ जना, लेन अनुशासन पालना नगर्ने १ सय ३३ जना, रेड लाइडमा सवारी साधन चलाउने ९० जना, निषेधित क्षेत्रमा हर्न बजाउने ८ र नम्बर प्लेट राम्रोसँग नराख्ने २३ जना, लिडारगन ४ सय ७१ जना चालक रहेका छन् । यस्तै १ हजार ३ सय १३ जना सवारी चालकलाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ ।